जिल्लाकै ठुलो चेस प्रतियोगीता सुरु प्रथम हुनेले १ लाख पाउने

samridhae
रुकुम ः रुकुममा बुधबारबाट जिल्लाकै ठुलो बुद्धीचाल(चेस) प्रतियोगीता सुरु भएको छ । “स्वास्थ्यका लागी खेलकुद, राष्ट्रका लागी खेलकुद” भन्ने नाराका साथ सम्बृद्ध समाज नेपालले आयोजना गरेको “समृद्ध इन्टरनेशनल रेटिङ चेस टुर्नामेन्ट”को एक कार्यक्रमका विच उद्घाटन गरिएको हो । सहायक प्रमुख जिल्ला अधिकारी नीलम कुमार न्यौपाने र जिल्ला खेलकुद विकास समितिका अध्यक्ष हेमराज पुनले चेसका गोटी चालेर प्रतियोगीताको उद्घाटन गरेका थिए ।
खेलकुदका माध्यमबाट जिल्लाको पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने मुख्य उद्ेश्यले प्रतियोगीता आयोजना गरिएको आयोजकले बताएको छ । प्रतियोगीतामा ५२ जना खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । जसमा २४ जना रेटेड रहेका छन् । प्रतियोगीतामा फिडे मास्टर मनिष हमाल, वर्तमान नेपाल च्याम्पिएन केशव श्रेष्ठ, पुर्व च्याम्पिएनहरु बद्रिलाल नेपाली र नविन तन्दुकार, केनिडेट मास्टर रिजेन्द्र राजभण्डारी लगायतका खेलाडीको सहभागीता रहेको छ । प्रतियोगीतामा जिल्लाका विद्यार्थीहरुको पनि सहभागीता छ ।५ बैशाखसम्म संचालन

हुने प्रतियोगीतामा प्रथम स्थान हासिल गर्नेले १ लाख रुपैया सहित ट्रफि, मेडल र प्रमाण पत्र पाउने छ । दोस्रो हुनेले ५० हजार प्राप्त गर्दा तेस्रो र चौथो हुनेले क्रमशः ३० हजार र २० हजार पुरस्कार प्राप्त गर्ने छन् । त्यस्तै ५ औं देखी १० औं स्थानमा रहनेलाई १०÷१० हजार र ११ औं देखी १५ औं स्थानमा रहनेलाई ८÷८ हजार रुपैया प्रदान गरिने छ । थान हासिल गर्ने सबैलाई मेडल र प्रमाणपत्रको पनि व्यवस्था गरिएको छ । स्थान हासिल गर्ने सबैलाई मेडल र प्रमाणपत्र गरिने आयोजकको भनाई छ । प्रतियोगीताले जिल्लामा आन्तरिक तथा बाह््य पर्यटकको आवागमण बढ्ने अपेक्षा लिईएको छ ।
चेस प्रतियोगीता अन्तरगत  पहिलो चरणका खेल सम्पन्न भएका छन् । पहिलो चरणको खेलमा नेपाल च्याम्पिएन केशव श्रेष्ठ, फिडे मास्टर मनिष हमाल, पुर्व नेपाल च्याम्पिएन बद्रीलाल नेपाली, नविन तन्दुकार, ओलम्पिएन खेलाडी रिजेन्द्र राजभण्डारी, थापाथली चेस पार्कका सुमित पन्त, आशिष फुयाल, सुमन राई विजयी भएका छन् ।
त्यस्तै भक्तपुरका ज्ञानेन्द्र खाईजु, कैलालीका धनवहादुर बोगटी, आयोजक संस्थाका सुवोधराज सिर्पाली, रुकमका डा. दिपेन्द्र पुन, बाँकेका तिर्थ बिक, दाङका दिनेश थापा, कन्चनपुरका कविराम तामाङ र अर्जुन प्रसाद भट्ट पनि विजयी भए । पहिलो चरणकै खेल अन्तरगत रुकुमका मिलन रोका र भीम वहादुर खड्का विचको खेल बराबरीमा सकिएको छ ।

Comment