‘बाक्सिला गोल्डकप’को खेल तालिका सार्वजनिक

खोटाङकै पहिलो र प्रतिष्ठित फुटबल प्रतियोगीता ‘बाक्सिला गोल्डकप’को खेल तालिका सार्वजनिक गरिएको छ । आयोजक बाक्सिला फुटबल क्लबले सोमबार दिक्तेलस्थित माटिकोरे कबर्डहलमा पत्रकार सम्मेलन गरी गोल्ड कपको खेल तालिका सार्वजनिक गरेको हो । बैसाख ७ गतेदेखि हप्ता दिनसम्म सञ्चालन हुने गोल्डकपको उदघाटन खेल बुईपा एलाभेन स्पोर्टस् क्लव र खार्मी गाबिसबीच हुने बाक्सिला फुटबल क्लवका अध्यक्ष समीर राईले जानकारी दिए । स्थानीय बाक्सिलास्थित खेलमैदानमा सञ्चालन हुने प्रतियोगीतामा जिल्ला र जिल्लाबाहिरका सहित १७ टिमले प्रतिष्पर्धा गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । आयोजकका अनुशार प्रतियोगीतामा जिल्लाबाहेक मिलन युवा क्लव काठ्माण्डौंको सहभागीता रहने छ । बाक्सिला फुटबल क्लबले नयाँ वर्षको अवशर पारेर ‘बाक्सिला गोल्डकप’को नवौं संस्करण सञ्चालन गर्ने तयारी गरेको हो । २०६१ सालदेखि निरन्तर ८ औं संस्करण गराएको क्लबले तीन वर्षको ग्यापमा गोल्डकपलाई निरन्तरता दिएको हो । चन्दाकैभरमा प्रतियोगीता सञ्चालन गर्दै आएको क्लवले यसपल्ट पनि शुभेच्छुकको गाँस काटेर प्राप्त हुने सहयोगमा प्रतियोगीता गर्न लागेको जनाएको छ । रनिङ कपलाई हरेक वर्ष सञ्चालन गर्नुपर्ने प्रावधान भएपनि दिक्तेल गाबिसले लगातार तीन पटकसम्म कप पच गरेका कारण २०६९ साल यता प्रतियोगीता सञ्चालन हुन सकेको थिएन ।

Comment