समृद्ध चेसको तयारी पुरा

बि.स २०७३ को पहिलो दिनबाट सुरु हुने समृद्ध अन्तराष्ट्रिय रेटिङ्ग चेस प्रतियोगिताको तयारी सकिएको छ । ५ दिने प्रतियोगिताको कुल पुरस्कार राशी ४ लाख २६ हजार रुपैया रहेको छ । रुकुममा हुने प्रतियोगिताको पहिलो पुरस्कार १ लाख रुपैया रहेको छ भने उपविजेताका लागि ५० हजार तथा तृतीय हुने खेलाडीका लागि ३० हजार रुपैया पुरस्कार रहेको छ । चौथोका लागि २० हजार तथा पाचौ हुनेका लागि १५ हजार रुपैया पुरस्कार रहेको छ ।
छैटौ देखि १० औ हुनेका लागि १० हजार तथा ११ औ देखि १५ औ हुनेका लागि आठ हजार रुपैया पुरस्कार रहेको छ । रेटिङ्ग क्याटोगोरी तर्फ २००० मुनी, १८०० मुनी, १६०० मुनी, १४०० मुनी र १२०० मुनीको क्याटोगोरी पुरस्कार रहेको छ । हरेक रेटिङ्ग क्याटोगारीको पुरस्कार ७ हजार रुपैया रहेको छ । बेस्ट लोकल पहिलोका लागि ८ हजार र दोश्रोका लागि ६ हजार रुपैया पुरस्कार रहेको छ । उमेर समुहमा १६ बर्ष, १४ बर्ष र १२ बर्ष महिला र पुरुष समाबेश गरिएको छ । यी सबै क्याटोगोरीका विजेताका लागि ६ हजार रुपैया पुरस्कार रहेको छ । बेस्ट ओम्यान पहिलोका लागि ८ हजार तथा दोश्रोका लागि ६ हजार रुपैया पुरस्कार रहेको छ । बेस्ट अनरेटेड आड हजार तथा ६ हजार रहेको छ भने भेट्रानको पुरस्कार ८ हजार रहेको छ । टुर्नामेन्ट डाइरेक्टर सुबोध श्रीपाली तथा मुख्य आर्बीटर ज्ञानेन्द« खाइजु रहेका छन् ।

Comment