फाईनलमा त्रिभुवन आर्मी र सुनौलो संगम भिड्ने

butwal armye
बुटवलमा जारी प्रथम सिपीएन युएमएल पेसिडेन्ट कप फुटवल प्रतियोगिता–२०७२ को फाईनलमा विभागिय टिम त्रिभुवन आर्मी र घरेलु टिम सुनौलो संगम युवा क्लव रुपन्देही भिड्ने भएका छन् ।
यी दुई टिम २७ चैतमा बुटवल १२ स्थित मानवज्ञान उच्च माविको खेल मैदानमा उपाधिका लागि भिड्नेछन् । विहिबार भएको सेमिफईनलमा नवज्योति युवा क्लव सिमरालाई ४–० ले हराउँदै त्रिभुवन आर्मी फाईनलमा प्रवेश गरेको हो ।
विहिबार भएको खेलमा त्रिभुवन आर्मीका लागि खेलको पाँचौ मिनेटमा फुव्रा तामाङले गोल गर्दै टिमको खाता खोले । त्रिभुवन आर्मीकै लागि अर्को गोल खेलको २० औं मिनेटमा पदम तामाङले गोल गर्दै पहिलो हाफमा टिमलाई २–० को अग्रता दिलाए ।
दोस्रो हाफमा पनि लयमा फर्किएको त्रिभुवन आर्मीलाई नवज्यातिले दवावमा राख्न सकेन । दोस्रो हाफको ३७ औं मिनेटमा फुव्रा तामाङले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरे । त्यस लगत्तै राजिव गुरुङले एक गोल गर्दै टिमलाई ४–० को गोल अन्तरले जित दिलाए ।
मदन भण्डारी स्पोर्टस एकेडेमी लुम्बिनी अञ्चल कमिटिको आयोजनामा बुटवलमा जारी प्रतियोगिता २७ चैतमा समापन हुनेछ ।

Comment