लुम्बिनी एकेडेमी पहिलो
Manoj Shiama
8 April, 2016 7:35 pm
आइडियल कप सिक्स ए साइड फुटबल प्रतियोगिताको उपाधि शुक्रबार लुम्बिनी एकेडेमीले पाथभिरा स्कुललाई २–१ ले हराएर जितेको छ ।
चाबहिल स्पोर्ट्स क्लबको मैदानमा प्रतियोगतामा विजवयी टिमका लागि सौरभ खत्रीले दुई गोल गरे । पाथीभराक रमेश लिम्बुले एक गोल फर्काए ।१४ टिम सहभागी प्रतियोगितामा चारुमती स्कुलले फेयर प्लेटको ट्रफी पायो । यसैगरी, विजेता लुम्बनीका साजन श्रेष्ठ उत्कृष्ट डिफेन्डर, सौरभ खत्री उत्कृष्ट मिडफिल्डर र सुभाष भण्डारी उत्कृष्ट गोलरक्षक घोषित भए । सर्वश्रेष्ठ फरवार्डको सम्मान पाथीभराका मजिल भूजलले पाए । विजेताले ट्रफीसहित पाँच र उपविजेताले तीन हजार रुपियाँ प्राप्त गरे ।
चाबहिल स्पोर्ट्स क्लबका अध्यक्ष अजव श्रेष्ठ र प्रतियोगितान संयोजक मजेश शाक्यले विजेता तथा उपविजेता टिमका खेलाडीलाई पुरस्कार प्रदान गरे ।