पुर्व खेलाडि रानालाई आर्थिक सहयोग

deepake
पुर्व राष्ट्रिय बक्सिङ खेलाडि इन्द्र बहादुर रानालाई बिहिबार आर्थीक प्रदान गरीएको छ । आठौँ सागमा कास्य पद विजेता समेत रहेका राना क्यान्सर पडित हुन । उनि आठ महिनादेखि आन्द्राको क्यान्सरका कारण अपचारार्थ छन् । रानालाई नेपाल बक्सिङ सघंका महासचिव समेत रहेका दिपक गुरुङले रानालाई ५१ हजार रुपैया प्रदान गरे । त्यस्तै ललितपुर जिल्ला बक्सिङ संघका अध्यक्ष समेत रहेका प्रथम दक्षिण एशियाली खेलकुद (साफ) मा बक्सिङका रजत बिजेता राम अवाले १५ हजार नगद सहयोग गरे । १६औँ एसियाडका बक्सिङका कास्य पदक विजेता दिपक महर्जनले पनि १० हजार रुपैया सहयोग गरे । सन् १९९२ देखि १९९९ सम्म आयोजना भएका विभिन्न अन्तर्राट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेका ४५ वर्षे रानाले नेपालमा सन् १९९८ मा भएको आठौँ सागमा कास्य पदक जितेका थिए । उनि वि.स २०५२ सालदेखि २०५५ सम्म राष्ट्रिय च्याम्पीयन थिए ।

Comment