सुनौलो संगम युवा क्लव फाईनलमा

butee
बुटवलमा जारी प्रथम सिपीएन युएमएल पेसिडेन्ट कप फुटवल प्रतियोगिता–२०७२ अन्तर्गत बुधबार भएको खेलमा सुनौलो संगम युवा क्लव विजयी रुपन्देही भएको छ । बुटवल १२ स्थित मानवज्ञान उच्च माविको खेल मैदानमा भएको खेलमा विभागिय टिम एपिएफ काठमाडौलाई ४– २ ले हराउँदै सुनौलो संगम युवा क्लव विजयी भएको हो ।
विजयी सँगै घरेलु क्लव सुनौलो संगम फाईनलमा प्रवेश गरेको छ । एपिएफ क्लवका लागि खेलको सुरुवाती मिनेटमा चुरामणी चौधरीले गोल गर्दै अग्रता दिलाएपनि सुनौलो संगम युवा क्लवका लागि खेलको छैठो मिनेटमा रितेश मल्लले गोल गर्दै खेललाई १–१ को बराबरीमा पुराए ।
एक पछि अर्को गर्दै पोष्ट आर्कमणलाई तिब्र बनाएको सुनौलो संगम युवा क्लवले पुनः खेलको १६ औं मिनेटमा रितेश मल्लले नै गोल गर्दै टिमलाई २– १ को अग्रता दिलाए । खेलको २६ औं मिनेटमा सुनौलो संगमका लागि जनम लिगले हेड मार्फत गोल गर्दै टिमलाई ३,१ को स्थितीमा पुराए । लगत्तै ३५ औं मिनेटमा सुरज हमालले गोल गर्दै पहिलो हाफमा टिमलाई ४–१ को स्थितीमा पुराए ।
दोस्रो हाफमा आक्रमक शैलिमा खेल प्रस्तुत गरेको एपिएफका लागि थप एक गोल दोस्रो हाफको ३८ औं मिनेटमा चुडामणी चौधरीले गोल गरे ।
मदन भण्डारी स्पोर्टस एकेडेमी लुम्बिनी अञ्चल कमिटिको आयोजनामा बुटवलमा जारी प्रतियोगिता चैत २७ गते समापन हुनेछ । प्रतियोगितामा विभागिय ३ टिम सहित कुल १२ टिमको सहभागिता रहेको छ ।

Comment