हिमाल र सजिन उपाधिका लागि भिड्दै

sumane
गोल्डेनगेट कलेजका हिमाल लामा र कामना साकोसका सजिन महर्जन मोटरसाईकल पुरस्कारका लागि भिड्ने पक्का भएको छ । ललितपुरमा जारी सहकारी कप चेस प्रतियोगिताको चौथो संस्करणको फाईनलमा प्रवेश गर्ने क्रममा हिमालले थापाथली चेस पार्कका सुमन राईलाई २–० ले हराए ।
उता क्लासिकल तर्फका दुबै खेल बराबरीमा टुंगिएपछि सजिनले फाईनल प्रवेशका लागि सडेनडेथको सहारा लिनुपर्यो । टाईब्रेकका लागि भएको ब्लिज खेल समेत १–१ मा टुंगिएपछि खेल सडेनडेथमा पुगेको हो । सडेनडेथमा कालो गोटीबाट खेलेका सजिनलाई बराबरीको नतिजा पर्याप्त थियो भने सुमितलाई निश्चित जीत आवश्यक थियो । एकमिनेट कम समयमा खेलेका सजिनले अन्तिम खेलमा उत्कृष्ट प्रदर्शन गर्दै जीत हात पारेका हुन् । सुमित पन्त र सुमन राई बिहिबार तेश्रो र चौथो स्थानका लागि प्रतिष्पर्धा गर्नेछन् ।
नियमित लिग तर्फ बुधबार आठौं चरणका खेल सम्पन्न भए । मंकादुखु साकोका क्यान्डिडेटमास्टर रिजेन्द्र राजभण्डारीलाई हराउँदै जनता साकोस ठेचोका क्षितीज भण्डारी आठ चरणको समाप्तिमा ६ दशमलब ५ अंकका साथ अग्रस्थानमा रहेका छन् । त्यसैगरी डायनामीक चेस एकेडेमीका क्यान्डिडेटमास्टर भुपेन्द्र निरौला तथा भक्तपुरका गणेशमान दुवाल समान ६ अंकका साथ अंकतालिकामा संयुक्त दोश्रो स्थानमा रहेका छन् । भुपेन्द्रले तीन पटकका राष्ट्रिय च्याम्पियन श्री करुणामय साकोसका बद्रिलाल नेपालीलाई तथा गणेशमानले काठमाडौंका सुमन लामालाई हराएका हुन् ।
नेशनल डेभलपमेन्टका लवकुमार श्रेष्ठसँग बराबरीमा रोकिएका गोल्डेनगेट कलेजका क्यान्डिडेटमास्टर केशव श्रेष्ठको ५ दशमलब ५ अंक बनाए । उनीसँगै सिवानी एअरका रविन्द्र शाक्य, लुभुका युवा खेलाडी राजकुमार लामा, मंकादुखुका रिजेन्द्र, नेशनलका लवकुमार, काठमाण्डौका सुमन तथा कामना साकोसका जनार्दन श्रेष्ठ समान ५ दशमलब ५ अंकमा रहेका छन् ।
त्यसैगरी अर्थ बहुउद्येश्यीय सहकारीका मनिष हमाल, श्री करुणामयका बद्रीलाल, मनास्लु साकोसका अस्मिता अधिकारी, वल्र्डलिंकका सुर्यासन प्रजापति, सामाखुसीका सञ्जित तामाङ, काठमाडौंका डा. प्रयास कक्षपती, ललितपुरका गोपाल महर्जन तथा राजन पुरी, भक्तपुरका विकास कुलुजु तथा केशव मानन्धर, थापाथली चेस पार्कका मदन रायमाझी र नेशनलका मनिराज डांगीको समान ५ अंक रहेको छ ।
पूर्व राष्ट्रिय च्याम्पियन सिवानी एअरका नविन तण्डुकार, पूर्व राष्ट्रिय च्याम्पियन जिल्ला बहुउद्येश्यीय सहकारीका पूण्यमान कर्माचार्य, शुभश्री बहुउद्येश्यीय सहकारीका आशिष फुँयाल, रुकुमका मिलन रोका, थापाथली चेस पार्कका भरत धिमाल तथा नेशनलका सुदर्शन प्रधान समान ४ दशमलब ५ अंकमा रहेका छन् ।
५९ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा जिल्ला बचत संघ ललितपुर तथा ताम्राकार समाजको संयुक्त आयोजना र सिवानी एयरलाईन्सको मुख्य प्रायोजनमा सञ्चालन भईरहेको प्रतियोगिताको अन्तिम दिन बिहिबार नकआउटतर्फ फाईनल र नियमित लिगतर्फ नवौं तथा दशौं चरणका खेल सञ्चालन हुनेछन् ।

Comment