गोदावरी कराते शनीबारदेखि

गोदावरी मार्सल आर्ट सेन्टरको आयोजनामा आगामी शनीबार देखि प्रथम गोदावरी नगर खुल्ला तथा दोश्रो एनएसकेएफ नेपाल राष्ट्रिय कराते प्रतियोगिता हुने भएको छ । गोदावरी नगर खेलकुद विकास समितीको तत्वाबधानमा हुने दुइ दिने प्रतियोगितामा तीन सय भन्दा बढी खेलाडीले २८ स्वर्णका लागि प्रतिस्पर्धा गर्ने आयोजक कमिटीका संयोजक चिन लामाले बताए । प्रतियोगिता किटीनी कलेजको प्रांगणमा हुने छ ।
गोदावरी नगरको बाषगाठँको अबसरमा हुने प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्री सत्य नारायण मण्डलले गर्ने कार्यक्रम रहेको संयोजक लामाले बताए । कार्यक्रमको लागत रकम ४ लाख ५० हजार रुपैया रहेको जनाइएको छ ।

Comment