टेन्सवर्ग फर्साटिकरको जित

बुटवल । बुटवलमा जारी प्रथम सिपीएन युएमएल पेसिडेन्ट कप फुटवल प्रतियोगिता–२०७२ अन्तर्गत आईतबार भएको खेलमा टेन्सवर्ग फर्साटिकर –११ विजयी भएको छ । बुटवल १२ स्थित मानवज्ञान उच्च माविको खेल मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा क्यानडी ट्रिनिटी क्लव स्याङ्जालाई १–० ले हराउँदै फर्साटिकर ११ विजयी भएको हो । फर्साटिकर ११ का लागि निर्णायक गोल खेलको ४४ मिनेटमा महेश चन्दले गरे । विजयी सँगै फर्साटिकर– ११ ले २३ चैतमा े त्रिभुवन आर्मी क्लव, काठमाडौंको भेट पक्का गरेको छ ।
मदन भण्डारी स्पोर्टस एकेडेमी लुम्बिनी अञ्चल कमिटिको आयोजनामा बुटवलमा जारी प्रतियोगिता २७चैतमा सम्पन्न हुनेछ । प्रतियोगितामा विभागिय ३ टिम सहित कुल १२ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा विजेता हुने टिमले नगद ३ लाख ३ हजार ३ सय १३ तथा उपविजेता हुने टिमले नगद १ लाख ५५ हजार ५ सय ११ रुपैयाँ सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
त्यस्तै उत्कृष्ट खेलाडिले नगद ७ हजार ७ सय ७७ सहति कप तथा मेडल प्राप्त गर्ने कमिटिका अध्यक्ष मेधराज भट्टराईले जानकारी दिए । यसैगरी उत्कृष्ट गोलकिपर, मिटफिल्डर, रक्षक, सर्वा्धिक गोलकर्ता तथा उत्कृष्ठ प्रशिक्षकलाई ५÷५ हजार रुपैया सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगिता अवधिभर, अपाङगता भएका व्यक्तिहरु, महिला तथा बृद्धबृद्धालाई निशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगिता अन्तर्गत सोमबार तेस्रो क्वाटरफाईनल खेलमा नवलपरासी ११ र नवजनजागृती युवा क्लव (सिमरा) विरगंजका बीच हुनेछ ।

Comment