सहकारी कपमा क्षीतीज र हिमालकोअग्रता

3rd roinde
गोल्डेनगेट कलेजका हिमाल लामा,श्रीकरुणामय साकोसका बद्रीलाल नेपाली, ललितपुरका रविन्द्र शाक्य तथा संकटा साकोसका नविन तण्डुकार र जनता साकोसका क्षितीज भण्डारीले ललितपुरमा जारी चौथो सहकारी कप चेस प्रतियोगितामा अग्रता लिएका छन् । आईतबार सम्पन्न दोश्रो तथा तेश्रो चरणको खेलमा क्रमशः मखन क्लबका सिताराम अग्रवाल तथा नेशनल डेभलपमेन्ट साकोसका लवकुमार श्रेष्ठलाई हराएका हिमाल सहित अन्य चार खेलाडीको तीन चरणको समाप्तिमा ३ अंक भएको छ ।
तीन पटकका राष्ट्रिय च्याम्पियन समेत रहेका बद्रीलालले दोश्रो चरणमा बाग्लुङका रविन्द्र श्रेष्ठ र तेश्रो चरणमा भक्तपुरका विकास कुलुजुलाई पराजीत गरे । त्यसैगरी एमेच्योर राष्ट्रिय च्याम्पियन क्षितीजले दोश्रोमा वल्र्डलिंकका सुर्यसन प्रजापति तथा तेश्रोमा नेपाल टेलिकमका गोविन्द खड्कालाई हराए । ललितपुरका रविन्द्रले दोश्रोमा मिलिजुली साकोस दोलखाका बिक्रमध्वज श्रेष्ठ तथा तेश्रोमा शुभश्री सहकारी ठेचोका आशिष फुँयालमाथि जीत हात पारे । पूर्व राष्ट्रिय च्याम्पियन नविनले दोश्रो चरणमा शुभश्री सहकारीका विनिता कपाली तथा तेश्रो चरणमा डाईनामीक चेस एकेडेमीका भुपेन्द्र निरौलालाई पराजीत गरे ।
गोल्डेनगेट कलेजका केशव श्रेष्ठ, अर्थ बहुउद्येश्यीय सहकारीका मनिष हमाल, कामना साकोसका जनार्दन श्रेष्ठ, ललितपुरका कमल श्रेष्ठ तथा थापाथली चेस पार्कका सुमन राई र सुमीत पन्तको समान २ दशमलब ५ अंकमा रहेका छन् । तेश्रो चरणको खेलमा जर्नादन श्रेष्ठसँग बराबरी खेलेका केशवले दोश्रो चरणमा नेशनल डेभलपमेन्टका मनिराज डांगीलाई हराएका थिए । त्यस्तै दोश्रो चरणमा सुमन लामासँग बराबरीमा रोकिएका हमालले तेश्रो चरणमा थापाथली चेस पार्कका अर्का खेलाडी मदन रायमाझीलाई हराए । राष्ट्रिय भेट्रान च्याम्पियन जनार्दनले दोश्रो चरणमा गोल्डेनगेट कलेजका उत्तम ढुंगेलमाथि जित हात पारे । त्यस्तै थापाथली पार्कका अनरेटेड रञ्जित राईसँग दोश्रो चरणमा बराबरी खेलेका कमलले तेश्रो चरणमा रुकुमका मिलन रोकामाथि जीत हात पारे । सुमन राईले तेश्रो चरणमा लुभुका राजकुमार राई लाई हराए ।
डाईनामीकका भुपेन्द्र निरौला, कामना साकोसका सजिन महर्जन, नेशनल डेभलपमेन्टका लवकुमार श्रेष्ठ, भक्तपुरका विकास कुलुजु, नेपाल टेलिकमका गोविन्द खड्का, शुभश्रीका आशिष फुँयाल, मन्कादुकु साकोसका रिजेन्द्र राजभण्डारी, मिलिजुली दोलखाका बिक्रमध्वज श्रेष्ठ तथा काठमाडौंका सुमन लामा समान २ अंकमा रहेका छन् । त्यसैगरी भक्तपुरका गणेशमान दुवाल, नेशनल डेभलपमेन्टका मनिराज डांगी तथा सुदर्शन प्रधान, मखनका सीताराम अग्रवाल, थापाथली पार्कका रञ्जित राई, मदन रायमाझी, भक्तपुरका केशव मानन्धर, डा. प्रयास कक्षपती, बंगलामुखीका अविरल राई, लुभुका विनायक पोखरेल, जोरपाटीका रामभक्त श्रेष्ठ, मोहनसिं प्रधान, मनिष उप्रेती, राजन महर्जन, रविन्द्र श्रेष्ठको समान २ अंक रहेको छ ।
५९ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा जिल्ला सहकारी संघ ललितपुर तथा ताम्राकार समाजको संयुक्त आयोजना र सिवानी एयरलाईन्सको मुख्य प्रायोजनमा सञ्चालन भईरहेको प्रतियोगिताको तेश्रो दिन सोमबार चौथो तथा पाचौं चरणका खेल सञ्चालन हुनेछन् ।

Comment