सुनौलो संगम युवा क्लव सेमिफाईनलमा

football se
बुटवलमा जारी प्रथम सिपीएन युएमएल पेसिडेन्ट कप फुटवल प्रतियोगिता–२०७२ अन्तर्गत शुक्रबार भएका खेलमा सुनौलो संगम युवा क्लव विजयी भएको छ ।पश्चिमाञ्चल प्रहरी टिम, बुटवललाई १–० ले हराउँदै सुनौलो संगम विजयी भएको हो । जितसँगै सुनौलो संगम युवा क्लवले सेमिफाईनलमा एपिएफ सँगको भेट पक्का गरेको छ । यी दुई टिम २४ चैतमा फाईनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछन् ।
शनिबार भएको अतिनै प्रतिस्पर्धात्मक खेलमा सुनौलो संगमका लागि निर्णायक गोल खेलका १६ औं मिनेटमा धनु थापाले गरे । पश्चिमाञ्चल प्रहरी टिमले पाएका राम्रा अवसरलाई गोलमा परिणत गर्न नसक्दा घरेलु टिम सुनौलो संगम युवा क्लवले संघर्षपुर्ण जित दर्ता ग¥यो ।
मदन भण्डारी स्पोर्टस एकेडेमी लुम्बिनी अञ्चल कमिटिको आयोजनामा बुटवलमा जारी प्रतियोगिता २७ चैतमा सम्पन्न हुनेछ । प्रतियोगिता अन्तर्गत आईतबार क्वाटरफाईनल प्रवेशका लागि टेन्सवर्ग फर्साटिकर–११ र क्यानडी ट्रिनिटी क्लव स्याङेजा विच खेल हुने छ ।

Comment