राहत कोषमा २० लाख हस्तान्तरण

boxinge
एसियाली बक्सिङ महासंघका उपाध्यक्ष समेत रहेका थाइल्यान्ड बक्सिङ संघका अध्यक्ष डा. पिचाइका छोरा डान चुन हाभा जिराले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषलाई २० हजार अमेरिकी डलर उपलब्ध गराएका छन् । गत बैशाखको भूकम्प पीडितको सहयोगार्थ संकलन गरिएको उक्त रकम बराबरको चेक जिराले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटरस्थित प्रधानमन्त्री निवासमा हस्तान्तरण गरे । परिवारका अन्य सदस्य तथा नेपाल बक्सिङ संघका अध्यक्ष राजिव श्रेष्ठलगायत संघका पदाधिकारीको उपस्थितिमा जिराले उक्त सहयोग हस्तान्तरण गरेका हुन् ।
कक्षा १० मा अध्ययनरत १५ वर्षिय जिराले बैंककमा आफू अध्ययनरत रमरुडी इन्टरनेसनल स्कुलमा बहिनीसंग मिलेर सांगीतिक मार्फत सोही स्कुलमा अध्ययनरतलगायतबाट भूकम्प पीडितका लागि आर्थिक सहयोग संकलन गरेको अध्यक्ष श्रेष्ठले जनाएका छन् । सोही संकलित रकमलाई नेपाल बक्सिङ संघको पहलमा राहत कोष मार्फत भूकम्प पीडितको सहयोगार्थ हस्तान्तरण गरिएको हो ।
सहयोग हस्तान्तरण कार्यक्रममा आयोजित छुट्टै कार्यक्रममा बक्सिङ संघले पिचाइ र जिरालाई प्रशंसा पत्र प्रदान गरेको थियो ।

Comment