सहकारी कप बुद्धिचाल शनीबारदेखि

chesse
शिवानी एयर चौथौं कामना सहकारी कप बुद्धिचाल प्रतियोगिता शनिबारदेखि हुने भएको छ । नेपालमा सहकारीको स्थापनाको ५९ औं राष्ट्रिय सहकारी दिवसको उपलक्षमा “आर्थिक विकास र सामाजिक रुपान्तरणकालागि सहकारी”भन्ने मूलनाराका साथ जिल्ला मूल समारोह समितिको समन्वय, ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघको आयोजना तथा ताम्रकार समाज ललितपुरको सह–आयोजनामा हुन लागेको प्रतियोगितामा पहिलो हुनेले १ लाख ७२ हजार ९ सय बराबरको वाईविआर यामाहा मोटर साईकल तथा दोश्रो, तेश्रो र चौथोले सुपर नकआउटका आधारमा क्रमशः ५०, ३० र २५ हजार रुपैया प्राप्त गर्ने पत्रकार सम्मेलनमा जानकारी गराईयो ।
सुपर लिगका विजेताले २५ हजार तथा दोश्रो देखि पाँचौ स्थान सम्म प्राप्त गर्ने खेलाडीहरुले क्रमश १५, १०, ८, ७ हजार र छैटौं देखि दशौं स्थान सम्मकाले समान ६ हजार, एघारौं देखि पन्धौं सम्मकाले समान ५ हजार ५ सय र सो¥हौं देखि बिसौं स्थानकाले समान ५ हजार रुपैया प्राप्त गर्ने पत्रकार सम्मेलनमा जानकारी गराईयो ।
महिलाको हकमा पहिलो देखि १० औं स्थान प्राप्तगर्नेले क्रमश १०, ८, ७, ६ र ५ हजार प्राप्त गर्नेछन् । यस्तै यु–१९ ले ५ हजार, रेटिङ्ग (१८०० र २०००) खेलाडीले ५ हजार, वेष्ट लोकल खेलाडी र भेट्रानले ५÷५ हजार, अनरेटेड पहिलो र दोश्रोले ७ र ५ हजार गरि प्रतियोगितामा सहभागी ३६ खेलडीहरुले पुरस्कार प्राप्त गर्ने छन् ।
पहिलो पटक शिवानी एयरको मुख्य प्रायोजन रहेको प्रतियोगिता जावलाखेलस्थित ताम्रकार समाज भवनमा २० देखि २५ चैतसम्म संचालन हुने छ । प्रतियोतिगामा ८० खेलाडीहरुले लिगकम नकआउट स्वीस लिगको आधारमा ११ राउन्डमा प्रतिस्पर्धा गर्ने अन्तराष्ट्रिय आर्विटर एवं बुद्धिचाल संघका सदस्य उमेश के.सी.ले जानकारी गराए ।

Comment