चौथौ कामना सहकारी कप चेस हुने

 

सहकारी दिवसको उपलक्ष्यमा ५९ र्औ सहकारी दिवसको मूल समारोह समिति ललितपुको समन्वयमा ललितपुर जिल्ला बचत संघको आयोजनामा चौथो कामना सहकारी कम बुद्धिचाल प्रतियोगिता यही चैत्र २० गतेदेखि ललितपुरको जावलाखेल स्थिति ताम्राकार समाज भवनमा हुने भएको छ ।शिवानी एयरलान्सको मूल प्रायोजनमा नेपालको सार्वधिक पुरस्कार रहेको प्रतियोगितामा विजेताले यामाहा वाइबिआर मोटरसाइकल हात पार्ने छन् भने उपविजेताले ५० हजार, तेस्रोले ३० हजार र चौथोले २५ हजार रुपैया प्राप्त गर्नेछन् । कूल नगद पुरस्कार ४लाख ९८ हजार राशी रहको यो प्रतियोगिता लिग कम नकआउटमा सञ्चालन हुनेछ । सुपर लिग तर्फ पनि प्रथमदेखि विसौं स्थानसम्म नगद पुरस्कारको व्यवस्था गरिएको छ । जस अनुसार प्रथमले २५ हजार, दोस्रोले १५ हजार, तेस्रोले १० हजार र चौथोले ८ हजार र पाचौंलाई ७ हजार नगद पुरस्कार दिइनेछ ।
त्यस्तै छैटौंदेखि १० औ सम्मलाई ६ हजार, ११औं देखि १५औं सम्म पाँचहजार पाँचसय र १६ औं देखि २० औं सम्मलाई ५ हजार प्रदान गरिने छ । महिलाहरुको लागि अलगै पुरस्कारको व्यवस्था गरिएको छ । जस अनुसार प्रथमदेखि पाँचौंं सम्मलाई क्रमस १०, ८,७, ६ र ५ हजारको व्यवस्था गरिएको छ । साथै यू १९, १८०० मुनी रेटेड, २००० मुनी रेटेड र भेट्रान लाई जनही ५ हजार नगद पुरस्कार दिइनेछ ।त्यसैगरी अनरेटेड तर्फ प्रथमलाई ७ हजार र दोस्रोलाई ५ हजार प्रदान गरिने छ ।

Comment