एकेडेमी निर्माणको घोषणा

नेपाल भारोत्तोलन संघले भारोत्तोलन तथा फिट्नेस एकेडेमी निमार्ण गर्ने घोषणा समेत गरेको छ । नेपालगन्ज रंगशालामा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को जग्गामा बन्न लागेको एकेडेमी भुइसहित चार तलाको हुनेछ । अहिलेको मूल्यांकनमा करिब ८० हजार अमेरिकी डलर खर्च हुने अनुमान गरिएको भारोत्तोलन संघका अध्यक्ष रतनकुमार तण्डनले जानकारी गराए ।
भूइ तलामा तालिम तथा फिट्नेस हल हुनेछ । यो तलामा १२ प्लेटफर्म बनाइ प्रतियोगिता सञ्चालन गर्न पनि मिल्ने बताइएको छ । पहिलो तलामा १० कोठासहितको महिला होस्टेल र डाइनिङ हल रहने छ । दोश्रो तलामा १२ कोठासहितको पुरुष होस्टेल तथा डाइनिङ हल बन्ने छ । चौथो तलामा ५० जना पढ्न मिल्ने हल र पुस्तकालय निर्माण गरिने योजना रहेको भारोत्तोलन संघले जनाएको छ ।

Comment