आर्मीलाई पथरी कप

नेपाल आर्मी क्लबले दोस्रो पथरी कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनीबार मोरंगमा भएको फाइनल खेलमा आर्मी क्लबले झापा ११ लाई शुन्यका विरुद्ध दुइ गोलले पराजित गर्यो । आर्मीलाई जित दिलाउने क्रममा आठौ मिनेटमा दिपक गुरुंगको गोलमा अग्रता लिएको आर्मीका लागि ७६ औ मिनेटमा नवयुग श्रेष्ठले अर्को गोल गरे ।
खेलमा झापाले थुप्रै गोलका अबसर गुमाएको थियो । ७० औ मिनेटमा हिरन्य मगर दोस्रो पहेलो कार्ड स्वरुप बाहीरिए पछि आर्मी १० खेलाडीमा सिमित भएको थियो ।

Comment