साग पदक विजेता भारोत्तोलक सम्मानित

taradevie
नेपाल भारोत्तोलन संघले भारतमा भएको १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्न सफल आफ्ना खेलाडीलाई सोमबार नगदसहित सम्मान गरेको छ । भारोत्तोलनमा नेपालले १ रजत र ३ कांस्यसहित ४ पदक जितेको थियो ।
पुरुषको ६२ केजीमा विकास थापाले रजत जितेका थिए । महिलाको ५३ केजीमा देवीकुमारी चौधरी, ७५ केजीमाथि तारादेवी पुन तथा ६३ केजीमा जुनमाया छन्त्यालले कांस्य हात पारेका थिए । देवीले जितेको पदक १२ औं सागमा नेपालले जितेको पहिलो पदक हो ।
रजत विजेतालाई १० हजार तथा कांस्य विजेतालाई समान ८ हजार नगदसहित प्रशंसा पत्र प्रदान गरियो । पदक विजेता सबैलाई भारोत्तोलन संघका सदस्य एवं पूर्व भारोत्तोलन खेलाडी रुकेश तण्डुकारले प्रोत्साहन स्वरुप ट्रयाकसुट प्रदान गरेका थिए ।

Comment