बुद्धिचाल संघमा एकालाल

chess 11e
हेटौडा । नेपाल बुद्धिचाल संघको पाँचौं साधारण सभाबाट मकवानपुरका एकालाल श्रेष्ठ निर्विरोध अध्यक्ष बनेका छन् । यस्तै बरिष्ठ उपाध्यक्ष इलामका विदुर गौतम, महासचिवमा ललितपुरका हेराकाजी महर्जन, सचिव मकवानपुरका धरम बहादुर लामा, कोषाध्यक्ष चोभारका ज्ञानेन्द्र महर्जन र सहकोषाध्यक्ष मोरङ्गका ज्ञानेन्द्र पराजुली निर्विरोध निर्वाचित भए ।
शनिवार सम्पन्न चुनावमा चार उपाध्यक्षको लागि ८ जना उम्मेदवारबीच मतदान भएको थियो । रुपन्देहीका माधवप्रसाद प्रधान, मोरङ्गका राजेन्द्रप्रसाद रिजाल, काठमाण्डौंका सुजेन्द्रप्रसाद श्रेष्ठ र नारायण दास गमाल विजयी भए । यसैगरी ९ सदस्य पदको चुनावमा दोलखाका गोविन्द श्रेष्ठ र उमेश के.सी., झापाका निरज निरौला, कैलालीका धनबहादुर बोगटी, इलामका दिपेन राई, ललितपुरका श्याम ब्यन्जनकार, जुम्लाका रतन नाथ योगी, पर्साका राम किशोर सिंह पराग र कंचनपुरका टिकादत्त दाहाल निर्वाचित हुन सफल रहे ।
यसैगरी नवनिर्वाचित कार्य समितिको पहिलो बैठकले उपाध्यक्षमा भक्तपुरका ज्ञानेन्द्र खाइजु र सदस्यहरुमा कास्कीका बाबुराम पन्त, खोटाङ्गकी मोनालिसा खम्बु र काठमाण्डौकी रजुला जोशीलाई मनोनित गरे ।

Comment