सरस्वती चीन जाने

boxing1e
भारतमा भएको १२ औं दक्षिण एसियाली खेलकुद (साग) की कांस्य विजेता बक्सिङ खेलाडी सरस्वती राना बुधबार चीन जाने भएकी छन् ।
मार्च २४ देखि अप्रिल ३ तारिखसम्म हुने एसियाली ओसिएनिया ओलम्पिक क्वालिफाइङमा सहभागी हुन सरस्वती चीन जान लागेको नेपाल बक्सिङ संघका अध्यक्ष राजीव श्रेष्ठले जनाएका छन् । सरस्वतीले महिलाको ६० केजी तौलसमूहमा प्रतिस्पर्धा गर्ने छिन् । प्रशिक्षकका रुपमा मुख्य प्रशिक्षक प्रचण्ड शर्मा पनि चीन जाने छन् ।
उनीहरुलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले सातदोबाटोस्थित एनओसी मुख्यालयमा एक कार्यक्रमबीच बिदाइ गरे ।  सरस्वती बर्तमान नेपाली खेलकद जगतकी एक उत्कृष्ट खेलाडीको कोटीमा रहेकी छिन् ।

Comment