पाँचथरमा कुम्मायक–कुस्सायक गोल्ड कप हुने

पाँचथरको यासोकमा त्रिशाली पूजा तथा मेलाको अवशरमा प्रथम कुम्मायक–कुस्सायक आमन्त्रण गोल्ड कप फुटवल प्रतियोगिता हुने भएको छ ।आइतबार फिदिममा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता ४ देखि १० वैशाखसम्म सञ्चालन हुने त्रिशाली मेला मूल आयोजक समितिका अध्यक्ष देवेन्द्र लावतीले जानकारी दिए । प्रतियोगितामा सयपत्री सर्वतमुखि मञ्च यासोक, ताप्लेजुङ फुटवल क्लव, इलाम फुटवल क्लव, चर्च व्वाइज युनियन क्लव काठमाण्डौ, मोरङ फुटवल क्लव,फ्यान्स विआरसी क्लव भूटान लगायत ८ टिमको सहभागिता रहने पत्रकार सम्मेलनमा बताइएको छ ।
प्रतियोगिताको विजेताले १ लाख ५० हजार रुपैया पाउने छ । ै उप विजेताले ५७ हजार रुपैया पाउने छ ।

Comment