गोजुरियोमा सीपी निर्वाचित

नेपाल गोजुरिायो कराते डो संघको चौथो साधारणसभाबाट चन्द्रप्रकाश (सीपी) घर्ती मगर निर्वाचित भएका छन् । उनले गणेश कार्कीलाई पराजित गरे । महासचिव र कोषाध्यक्षबाहेक सबै पदमा निर्वाचन भएको थियो । २ उपाध्यक्षकालागि ४ ले उम्मेदवारी दिएकोमा भरत अधिकारी र ओम्पु लामा विजयी भए । महासचिवमा विआर मित्र र कोषाध्यक्षमा सानुकाजी नगरकोटी सर्वसम्मत चयन भए । सचिवमा सानुबाबु गिरी विजयी भए ।साधारणसभाको नेपालओलम्पिक कमिटीका उपाध्यक्ष पुरेन्द ्रविक्रम लाखेले एक उद्घाटन गरेका थिए ।

Comment