बक्सिङ कांस्य विजेता सम्मानित

boxing lalitpureललितपुर जिल्ला बक्सिङ संघले भारतमा भएको १२ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बक्सिङका कांस्य पदक विजेता तीन खेलाडीलाई शनिबार सम्मान गरेको छ । भारतको सिलोङमा भएको बक्सिङमा पुरुषमा दीपक श्रेष्ठ तथा महिलामा मीनु गुरुङ र सरस्वती रानाले कांस्य जितेका थिए । विजेतात्रय समान १५ हजार रुपैयासहित प्रशंसा पत्रबाट सम्मानित भए ।
त्यस्तै नेपालमै भएको आठौं साफका स्वर्ण विजेता दाइ प्रकाश थापा मगर र भाइ रामचन्द्रलाई नगद ५–५ हजार र प्रशंसा पत्रद्वारा सम्मान गरियो । प्रकाश सागमा गएका बक्सिङ प्रशिक्षक टोलीका सदस्य पनि हुन् । उनीहरुलाई युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डल, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष लामा टेन्डी शेर्पा र सदस्य–सचिव केशवकुमार विष्ट, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, ललितपुर जिल्ला बक्सिङ संघका अध्यक्ष राम अवालेलगायतले सम्मान गरे । सागमा नेपालकी सरस्वती राना मगरले भारतकी सरिता देवीसंग सेमिफाइनलमा गरेको प्रदर्शन अत्यन्त स्तरीय र प्रशशंनीय रहेको थियो ।

Comment