राष्ट्रिय रेन्बुकाइ कराते शुक्रबारदेखि

नेपाल रेन्बुकाइ कराते संघको आयोजनामा तेश्रो राष्ट्रिय खुला रेन्बुकाइ कराते प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।प्रतियोगितामा देशभरका विभिन्न २१ टिमका ४ सय १७ खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजक संघका महासचिव एवं प्रमुख प्रशिक्षक रेशम लामाले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । कुमुते र एकल काता गरी जम्मा २६ स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।दुईदिने प्रतियोगिताका खेलहरु जोरपाटीको नारायणटारस्थित हिम्स स्कुलमा हुनेछ । प्रतियोगिताको गृह मन्त्री शक्ति बस्नेतले उद्घाटन गर्ने कार्यक्रम छ ।

Comment