मलेसियासंगको मैत्रीका लागि प्रारम्भीक टोलीको चयन

Manoj Shiama
14 March, 2016 11:15 am

 

नेपाली फुटबm टोलीका प्रशिक्षक गोयटोकी कोजुले २७ मार्चमा मलेसिया यु–२२ संग हुने मैत्रीपूर्ण फुटबल खेलमा लागि ४४ सदसीय प्रारम्भीक टोलीको नाम सार्वजनिक गरेका छन् । यी मध्यकै २३ जनाको नाम अन्तिममा छनोट गरिने छ । साग खेल र बंगबन्धु गोल्कडकपको उपाधि विजेता टोलीमा सबै तथा सिमरा गोल्डकपमा उत्कृष्ट प्रदर्शन गरेका केही खेलाडी पहिलो ४४ जनामा अटाएका छन् ।
रक्षकहरुमा रबिन श्रेष्ठ,बिराज मर्हजन, अनन्त तामाङ्ग, आदीत्य चौधरी, जितेन्द्र कार्की, रञ्जित धिमाल, कमल श्रेष्ठ, मान बहादुर तामाङ्ग, देवेन्द्र तामाङ्ग, विजय धिमाल, अजित भण्डारी र दिनेस राजबंशी रहेका छन् । फरवार्डहरुमा अनील गुरुङ्ग, नवयुग श्रेष्ठ, विमल घर्ती मगर, रन्जन विष्ट, सुमन लामा, कर्ण लीम्बू, बिश्वास श्रेष्ठ र भरत खवास छन् ।

मिडफील्डमा जगजीत श्रेष्ठ, बिसाल राइ, अन्जन विष्ट, हेमन गुरुङ्ग, विक्रम लामा, योगेश गुरुङ्ग, नबीन लामा, रोहीत चन्द, जाङबु शेर्पा, प्रकास बुढाथोकी, सुनील बल, टंक बस्नेत,तेज तामाङ्ग,राजेन्द्र रावल, श्याम नेपाली, सुसील केसी, सुजल श्रेष्ठ, रुपेस केसी र शिब श्रेष्ठ छन् । यसैगरी, गोलरक्षकमा विकेश कुथु, किरण चेम्जोङ्ग,एलन न्यौपाने, विसाल श्रेष्ठ र अमृत कुमार चौधरी छन् ।
यी मध्य रोहीत अहिले घाइते छन्, भने विमल, अनन्त र अन्जन नेपालमा छैनन् ।