बाके र रौतहटको फराकिलो जित

u-14 saturdaye
एन्फा यु–१४ फुटबल च्याम्पियनसीपको शनीबार भएको खेलमा रौतहट र बाकेले प्रभावकारी जित हात पारेका छन् । रश्मी कुमारीको ६ गोलमा रौतहकटले सिनधुपालचोकलाई १२–० ले पराजित ग¥यो । ७० मिनेटमा खेलमा पहिलो मिनेटमा नै गोल गरेकी रश्मीले इन्जुरी समयमा अन्तिम गोल गरेकी थिइन् । उनले १०औ, ३५ औ, ३६ औ र ५८ औ मिनेटमा थप गोल गरेकी थिइन् । मेनका आले मगरले ४२ औ र ७० औ मिनेटमा गोल गरिन् । विजयी टोलीका लागि रजनी थाकेरले ४०औ,सिता कसहवारले ४७औ र दिल कुमारी रानाले ५४ औ मिनेटमा गोल गरे । सिन्धुपालचोकले ५२ औ मिनेटमा आत्मघाती गोल गरेको थियो ।
अर्को खेलमा बाकेले मकवानपुरलाई ९–० ले पराजित ग¥यो ।

Comment