रेड बुल काठमाडौँ जिल्ला स्तरीय फुटबल

रेड बुल काठमाडौँ जिल्ला स्तिरीय फुटबल प्रतियोगिताको मंगलबार भएका खेलमा चारुमती युवा क्लब, ढुङ्गे अड्डा युनेस्को क्लब, सूर्य ज्योती युवा क्लब र पश्चिम काठमाडौँ टे«निङ्ग सेन्टर विजयी भएका छन् ।काठमाडाँैको सानोगौचरन मैदानमा भएको पहिलो खेलमा चारुमती युवा क्लबले अमर सिंह क्लबलाई ९÷० गोलको विशाल अन्तरले पराजित गरेको थियो ।
चारुमती क्लबको तर्फबाट साजन डङ्गोलले ह्याट्रिक गरेका थिए ।दोस्रो खेलमा ढुङ्गे अड्डा युनेस्को क्लबले किमिदो बाटो युवा क्लब जोरपाटीलाई २÷१ गोल अन्तरले पराजित गरेको थियो ।यसैगरी मंगलबार नै भएको तेस्रो खेलमा सुर्य ज्योती यूवा क्लब पाँगाले सानोगौचरन नाईट किङ्ग क्लबलाई ४÷इ गोल अन्तरले पराजित गर्दै ३ अङ्क बटुल्न सफल भएको थियो ।सानोगौचरन मैदानमा मंगलबार चौथो भएको चौथो खेलमा सेती देवी युवा क्लब अनुपस्थित भए पछि पश्चिम काठमाडौँ ट्रेनिङ्ग सेन्टरलाई वजयी घोषित गरीएको थियो ।

Comment