अन्तराष्ट्रिय रेस्लिङ्ग बैशाख पहिलो साता

tling
बैशाख पहिलो साता नेपालमा अन्तराष्ट्रिय रेस्लिङ्ग प्रतियोगिता हुने भएको छ । हालै परिषदमा रेस्लिङ्ग महिला रेफ्र सुनिता लामाको नेतृत्वमा संघ दर्ता भए पछिको पहिलो खेलमा १३ देशका ब्यावसायिक रेस्लरहरुले प्रतियोगितामा सहभागिता जनाउने बिहिबार पत्रकार सम्मेलनमा जानकारी गराईयो ।
प्रतियोगितामा नेपालका मि.कोजु, कोब्रा, र नुवाकोटे टाईगरले सहभागिता जनाउने छन् भने हङ्गकङ्गका बिटम्यान, न्यूजिल्यान्डका जेम्स राईदिम, जापानका कामिकाजे, बेलायतका सिन गुईनेस र सिङ्गापुरका दि युरासियन ड्राईगनले प्रतिस्पर्धा गर्ने छन् ।
बैशाख ४ गते दशरथरङ्गशालामा हुने प्रतियोगिता अन्तराष्ट्रिय स्तरमा लोकप्रिय रहेता पनि नेपालमा यसको आधिकारीक संघ स्थापना गरि यस खेलको विकास र विस्तार नभएको तथा नेपाली युवा तथा बालबालिकाहरुले निकैनै रुचाएको खेललाई आधिकारीक रुपमा विकास गर्ने उद्धेश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जानकारी गराए ।
प्रतियोगिताको आकर्षणको रुपमा जापानी दुई महिला रेस्लर नानाई ताकाहाशी र सारीले आफ्नो खेल कौशलतालाई उजागर गर्ने समेत बिज्ञप्तीमा जनाईएको छ । नेपालको पहिलो महिला रेफ्री सुनिता थापा र जापानका योशिसुकी नाकामुराले सम्पूर्ण प्रतियोगिताहरुको निर्णायकको भूमिका निभाउने छन् ।

Comment