कुस्ती टोली चीन जाने

Manoj Shiama
3 July, 2026 10:10 pm

ओलम्पिक काउन्सिल अफ एसिया तथा युनाइटेड वर्ल्ड रेस्लिङ तालिम शिविरमा सहभागी हुन २ खेलाडीसहित ३ सदस्यीय नेपाली कुस्ती टोली सोमबार चीनको ग्वाङझाव जाने भएको छ ।

जुलाई ६ देखि १७ तारिखसम्म हुने यु–१७ उमेर समूहको तालिममा निशान्तकुमार यादव र रश्मि थाडा सहभागी हुने छन् ।

प्रशिक्षकमा मनीषा सिंह छिन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव राम चरित्र मेहता र नेपाल कुस्ती सङ्घका अध्यक्ष प्रकाशकुमार कुसारीले शुक्रवार एक कार्यक्रमबिच बिदाइ गरे ।