ह्यान्डबल टोलि छानियो

 

पाकिस्तानको फैसलावादमा मार्च २७ देखि ३१ सम्म आयोजना हुने अन्तराष्ट्रिय महिला ह्यान्डबल च्याम्पियनसिपको लागि १६ सदस्यिय महिला ह्यान्डबल टोलीको छनोट भएको छ ।

फाइल फोटो
फाइल फोटो

फागुन १६ र १७ गते भएको छनोट प्रतियोगिताबाट रंजना राई र कविता राई (उदयपुर), साधना बम, प्रभा थापा, उमा राई, भेष कुमारी चौधरी, पार्वती चौधरी, पेमा शेर्पा र संगीता चौधरी (सशस्त्र प्रहरी), विष्णा बोगटी, दुर्गा बोहरा, शान्तिकला राई, देवकुमारी बास्कोटा र राम कुमारी चौधरी (नेपाली सेना) र बैकल्पिक खेलाडीहरुमा रमिला बस्नेत (उदयपुर) र पार्वती साउद (नेपाली सेना) रहेको नेपाल ह्यान्डबल संघका सचिव सन्देश रेग्मीले जनाएका छन् ।

Comment