पुलिस क्लबलाई उपाधि

साविक विजेता झापा ११ लाई १–० ले हराउदै नेपाल पुलिस क्लबले बिराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । विमल घर्तीर मगरको स्थानमा मैदान प्रबेश गरेका भरत शाहले ८७ औ मिनेटम पुलिस क्लबका लागि विजयी गोल गरे । उनी ५८ औ मिनेटमा मैदानमा प्रबेश गरेका थिए । दुवै टोलीले गोलका प्रशस्त मौका गुमाएका थिए । भोला सिलवाल खेलका म्यान अफ द म्याच घोषित भए । विजयी टोलीले ५ लाख १ हजार रुपैया र उपविजयी टोलीले ३ लाख १ हजार रुपैया पुरस्कार पाए ।

Comment