ग्रिनविचलाई दशौं औं फेका कप

feca cup1
ग्रिनविच एकेडेमिले दशौं फेका कप अन्तरस्कुल फुटबल कप आफ्नो हातमा पार्न सफल भएको छ । शनिबार सम्पन्न खेलमा ग्रिनविचले हाईल्यान्ड स्कुललाई ३–२ गोल अन्तरले पराजित गर्दै कप आफ्नो हातमा पारेको हो । हाफ सम्म २–१ले पछाडी रहेको ग्रिनविच खेलमा फर्कदैं विजयी भएको हो । ग्रिनविचको लागि विशाल राई, मिलन श्रेष्ठ र जोन गोलेले गोल गरे । हाईल्यान्डका लागि आकाश बुढाथोकी र नयन बमजनले गोल गरेका थिए ।
पेप्सीकोलास्थित फुटबल मैदानमा भएको खेलमा ग्रिनविचका जोन गोले उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर हाईल्यान्डका मिलेश नेपाल, उत्कृष्ट डिफेन्डर हाईल्यान्डका किरन तामाङ्ग घोषित भए । प्रतियोगितामा ४ गोल गरेका क्यारियर विल्डिङ्गका जीवन धामी उच्च गोल कर्ता भए । त्यस्तै फेयर प्ले टिमको उपाधी विद्या विकास स्कुलले प्राप्त ग¥यो ।
बिजयी खेलाडी तथा टिमलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवन राम श्रेष्ठले शिल्ड, मेडल र प्रमाण पत्र वितरण गरे ।

Comment