बक्सिङ प्रशिक्षक २ स्टार कोर्ष लिर्दै

rajiv boxinge
बक्सिङका दुई नेपाली प्रशिक्षक आइबा २ स्टार कोचेज ट्रेनिङ कोर्श गर्नका लागि काजकिस्तानको अल्माटी जाने भएका छन् । प्रशिक्षक दिलिप ठकुरी र लालबहादुर पौडेलले आइबा सेकेन्ड स्टार कोचेज ट्रेनिङ्गमा सहभागी हुन लागेका हुन् । दुवै प्रशिक्षकलाई एक कार्यक्रमबिच नेपाल ओलम्पिक  कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, नेपाल बक्सिङ संघका अध्यक्ष राजीवन श्रेष्ठ, बक्सिङका प्रमुख प्रशिक्षक प्रचन्ड शर्माको उपस्थिति थियो । नेपाल बक्सिङ संघले नियमित रुपमा प्रशिक्षकको स्तरबृद्धि गराइरहेको छ ।

Comment