ललितपुर बक्सिङ संघको अध्यक्षमा राम अवाले

ram2
ललितपुर जिल्ला खेलकुद बिकास समितिको रोहवरमा ललितपुर जिल्ला बक्सिङ संघको दोश्रो साधारण सभाले पुर्व खेलाडि राम अवालेको अध्यक्षमा ८ सदस्य जिल्ला समिति निर्विरोध निर्वाचित गरेको छ । कार्यसमितिको उपाध्यक्षमा आठौ सागका स्वर्णधारी प्रकाश थापामगर रहेका छन् । त्यसै गरि सचिवमा राजन प्रजापति,कोषाध्यक्ष रत्न अवाले रहेका छन् । सदस्यहरुमा रमेश चन्द्र ऐर, आठौ सागका स्वर्ण बिजेता रामचन्द्र थापामगर,पुष्पा योञ्जन बस्तेत र श्याम अवाले रहेका छन् । समितिको शनिवार नै बसेको बैढकले सदस्य श्याम अवालेलाई प्रवक्ताको पनि जिम्मेवारी तोकेको छ । त्यस्तै महेश सिंहलाई द्धतिय उपाध्यक्षमा मनोनित गरेको छ भने महेश रिजाललाई सदस्यमा मनोनित गरेको छ । लतितपुर जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष हेराकजी महर्जनको प्रमुख अतित्यमा उद्घाटन भएको सधारण सभाको अध्यक्षता निर्वतमान अध्यक्ष गोबिन्द डंगोलले गरेका थिए । सधारण सभामा नेपाल बक्सिङ संघका महासचिव दिपक गुरुङ र संघका पुर्व अध्यक्ष रबिराज थापाको उपस्थिति रहेको थियो । ललितपुर जिल्ला खेलकुद समितिका कार्यलय प्रमुख सुजन खतिवाडाको संयोजकत्वमा गठित ४ सदस्य निर्वाचन कमिटिमा बिरष्ट प्रशिक्षक सुरेश सिंह आले,मथुरादश नेवा,मञ्जुजंग थापा रहेका थिए ।

 

Comment