नेपाली खेलाडीमा स्पेनी क्लबको चासो

यु–१९ साफ च्याम्पियनसीप, बंगबन्धु गोल्डकप र १२ औ सागको स्वर्ण विजेता नेपाली टोलीका तीन सदस्यप्रति स्पेनको क्लबले रुची देखाएको छ । स्पेनको मार्बेला युनाइटेड एफसीले पवमल घर्ती मगर,अन्जन बिष्ट र अनन्त तामाङ्ग प्रति चासो देखाएको हो । मगरले स्पेन पुगे पछि मात्र अनुबन्धको टुंगो लगाउने छन् । अन्जन र अनन्त भने दुइ महिना प्रशिक्षणमा रहने छन् । उनीहरु तीनै जना ५ मार्च देखि ३० अप्रिलसम्म स्पेनमा रहने छन् । उनीहरु १३ देखि ३१ मार्चसम्म नेदरल्यान्डमा मैत्रीपूर्ण खेल खल्ने तथा त्यहाको क्लबसंग कुरा अघि बढाउने योजनामा छन् ।

Comment