पुलिस क्लब फाइनलमा

नेपाल पुलिस क्लब बिराट गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रबेश गरेको छ । फाइनलमा पुलिसले झापा ११ को सामना गर्ने छ । बिहिबार भएको दोस्रो सेमिफाइनलमा पुलिसले घरेलु टोली मोरङ्ग ११ लाई १–० ले पराजित ग¥यो । पुलिसका लागि ९० औ मिनेटमा हेमन गुरुङ्गको कर्नरलाई उपयोग गर्दै सुमन सुबेदीले गोल गरे । सुबेदी खेलका म्यान अफ द म्याच घोषित भए ।

Comment