कोटदेवी र ग्रिनविच सेमिफाइलनमा

कोटदेवी पब्लिक स्कुल र ग्रिनविच एकेडेमी १० औं फेका कप फुटबल प्रतियोगितामा सेमिफाइनलमा भिड्ने भएका छन् । बुधबार सम्पन्न खेलमा कोटदेवीले मनिष कोईरालाको एक मात्र गोलको मद्धतले क्यारियर बिल्डिङ्ग एकेडेमीलाई पाखा लगाउंदै सेमिमा स्थान पक्का गरेको हो ।
यस्तै दोश्रो खेलमा ग्रिनविचले हेब्रोन पब्लिक स्कुललाई ४–२ गोल अन्तरले पराजित ग¥यो । उसको लागि मिलन श्रेष्ठ, जोन गोले, विशाल राई र जोसेफ गोलेले एक÷एक गोल गरे । हेब्रोनको लागि पाउल तामाङ्ग र स्यामुयल थापाले गोल गरे ।यस अघि न्यूस्टार र हाईल्यान्ड सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।

Comment