झापा फाइनलमा प्रबेश

झापा फुटबल क्लब विराटनगरमा भइरहेको विराट गोल्डकप फुटबलको फाइनलमा पुगेको छ । फाइनल प्रबेशको क्रममा बुधवार भएको पहिलो सेमिफाइनल खेलमा झापाले एपीएफलाई २–० ले पराजित गरेको हो ।
झापालाई जित दिलाउन बुद्धराज चेम्जोङ र खामिरगिल्सन कन्दङवाले गोल गरे । चेम्जोङले १५औं मिनेटमा गोल गर्दै झापालाई अग्रता दिलाए । मध्यान्तरपछि ८८औं मिनेटमा कन्दङवाले अर्को गोल गरे ।

Comment