पुलिस क्लब सेमिफाइनलमा

नेपाल पुलिस क्लब विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रबेश गरेको छ । सेमिफाइनल प्रबेश गर्ने क्रममा पुलिस क्लबले मंगलबार भएको खेलमा मनाङ्ग मस्र्याङदी क्लबलाई ट्राइब्रेकरमा ३–२ ले पराजित ग¥यो । दुवै टोली विच निर्धारित समयमा १–१ गोलको बराबरी भएको थियो । ७० औ मिनेटमा बिनोद कार्कीको गोलमा अग्रता लीएको पुलिस क्लबको विरुद्धमा इन्जुरी समयम सुजल श्रेष्ठले पेनाल्टीमा गोल गरे ।
ट्राइब्रेकरमा पुलिस क्लबका लागि कप्तान जुमानु राइ, भरत शाह र हेम तामाङ्गले गोल गरे । सुमन सुबेदी र भोला सिलवालको प्रहार सफल हुन सकेन । पराजित टोलीका अनील गुरुङ्ग बिश्वास श्रेष्ठ र सिसोको प्रहार खेर गयो । सुजल र मोउसाले सफल प्रहार गरे ।

Comment