न्यु स्टार र हाईल्यान्ड सेमिफाइनलमा

न्यु स्टार पोल र हाईल्यान्ड स्कुल १० औं फेका कफ छात्र फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । मंगलबार भएको पहिलो क्वाटरफाइनलको खेलमा न्यु स्टार पोलले कस्मीक स्कुललाई २–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो । न्यु स्टारकालागि प्रतियोगिताका म्यान अफ दि म्याच सलिन थापा र मनित कोईरालाले गोल गरेका थिए ।
अर्को खेलमा हाईल्याण्ड स्कुलले गोठाटार स्कुललाई टाईब्रेकरमा ५–४ गोल अन्तरले पराजित ग¥यो । निर्धारित समयको खेल एक एकको बराबरीमा टुङ्गिएपछि जितको छिनोफानो टाईब्रेकरमा भएको थियो । अभिशेष बिशंखेको गोलमा अघि बढेको हाईल्याण्ड खेलाडीको कमजारीका कारण आफ्नै पोष्टमा गोल गर्न पुगे पछि खेल एक एकको बराबरीमा पुगेको थियो । अभिशेष बिशंखे प्रतियोगिताको म्यान अफ दि म्याच घोषित भए ।

Comment