पेरिसालाई उपाधि

chesse
ललितपुर विद्यालय स्तरिय बुद्धिचालको उपाधि क्यास्पियन स्कूलका पेरिसा ताम्राकारले हात पारेकी छिन । उनले सातौ चरणको खेलमा ज्ञानोदयकी प्रथम रावलसँग बराबरी खेली साढे ६ अंक सहित सो उपाधि प्राप्त गर्न सफल भईन । उनले २० हजार रुपैया पाइन् ।ललितपुर जिल्ला बुद्धिचाल संघ र ललितपुर जिल्ला स्काउट कार्यलयको संयुक्त आयोजनामा भएको प्रतियोगिताा जुगल किशोर स्कूलका रंजित यादव दोस्रो स्थानमा रहे भने नमुना मछिन्द्रका रोशन पुन तेस्रो स्थानमा रहेका थिए ।
त्यसैगरी चोथौँ देखि दशौँ स्थानसम्म क्रमशः एम्सका निकेश शाक्य, ज्ञानोदयका प्रथम रावल, हिमालयनका सनोज नेपाल, सुदेशाका अमन महर्जन, ग्राण्ड एकेडेमिका युगेश श्रेष्ठ, कान्तिपुरका सोहन थापा र जुगलका अनुराग केसी रहे । ललीतपुर जिल्ला खेलकूद विकास समितिको भवनमा आयोजित प्रतियोगिताका विजेता खेलाडीहरुलाई सांसद मदन बहादुर अमात्य र नेपाल बुद्धिचाल संघका अध्यक्ष राजेशहरी जोशीले पुरस्कृत गरेका थिए । प्रतियोगितामा ललितपुर जिल्लाका ७० जना खेलाडीहरुको सहभागिता रहेको थियो ।

Comment