रुकुममा बृहद चेस प्रतियोगिता

नया बर्षको उपलक्ष्यमा पूर्वी पहाडी जिल्ला रुकुममा अन्तराष्ट्रिय रेटिङ्ग बुद्धीचाल प्रतियोगिता हुने भएको छ । ४ लाख सात हजार रुपैया पुरस्कार राशी रहेको प्रतियोगिताको विजयी खेलाडीले १ लाख रुपैयाा पुरस्कार पाउने छन् । यसैगरी, उपविजयीले ५० हजार तथा तेस्रो हुनेले ३० हजार रुपैया पाउने छन् । प्रतियोगितामा नेपाल ,भारत र बंगलदेश लगायत देशका गरी कुल १ सय भन्दा बढी खेलाडीको सहभागिता रहने आयोजक सस्था समृद्ध समाज नेपाल रुकुमका कार्यबाहक अध्यक्ष राजु लामाीछानेले जानकारी गराए ।
प्रतियोगिताको प्रतियोगिता निर्देशक सुबोध श्रीपाली रहेको छन् । साथै प्रतियोगिताको चिफ आर्बीटर ज्ञानेन्द्र खाइजु रहेका छन् । प्रतियोगिताको तयारी तीब्रे रुपमा भइरहेको श्रीपालीले बताए ।

Comment