अन्तर विद्यालय बुद्धिचाल सुरु

 

नेपाल स्काउट, जिल्ला स्काउट कार्यालय, ललितपुरमा विचार दिवसको उपलक्ष्यमा जिल्ला बुद्धिचाल संघ ललितपुरको संयुक्त आयोजनामा आज शुक्रबार देखि अन्तर विद्यालय बुद्धिचाल प्रतियोगिता सुरु भयो । दोस्रो चरणको खेल सम्पन्न हु“दा गौरी शंकर स्कुलका रजत दुलाल, ज्ञानोदय स्कुलका प्रथम रावल, फयुचर स्टार्स स्कुलका युनिक महर्जन, क्याम्पियन स्कुलका पेरिसा ताम्राकारले दुवै खेलमा सफलता प्राप्त गरि २ अंक जोडेका छन् ।
त्यसैगरी २ अंक प्रँप्त गर्नेहरुमा संजोग नेपाल, अनुराग केसी, युगेश श्रेष्ठ, उत्वर्ष श्रेष्ठ, रौनक महर्जन, रञ्जित यादव रहेका छन् । यस अघि जिल्ला बुद्धिचाल संघ, ललितपुरका अध्यक्ष तथा स्काउट शिक्षक गोपाल महर्जनको सभाध्यक्षमा भएको प्रतियोगिताको उद्घाटन ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तथा नेपाल बुद्धिचाल संघका केन्द्रिय सचिव हेराकाजी महर्जनले गरे । प्रतियोगितामा ३५ वटा विद्यालयका ७० जना खेलाडीहरुको सहभागिता रहेको छ ।
उद्घाटन सत्रमा जिल्ला स्काउट ललितपुरका कार्य समिति सदस्य शान्ति कुमारी महर्जनले स्वागत मन्तव्य राखेकी थिइन् । कार्यक्रम सञ्चालन स्काउट शिक्षक श्याम कुमार महर्जनले गरेका थिए । प्रतियोगितामा बुद्धिचाल संघ ललितपुर सदस्य  गोपाल महर्जन, नेपाल बुद्धिचाल च्याम्पियन केशव श्रेष्ठ तथा वरिष्ठ बुद्धिचाल खेलाडी शिरोमणि बज्राचार्यले निर्णायकको भुमिका निभाए । स्काउट भाईबहिनीहरुलाई स्काउटर निरज मण्डल, ङेमा सिंह तामाङ, अर्जुन बस्नेत, पपिन्द्र मान सिंह लगायतले सहयोग गरेका थिए ।

Comment