राजन मेमोरियलको जित

lolalyty cupe
सातौँ लोयल्टी कप अन्र्तगत मंगलबार सम्पन्न भएका खेलहरुमा पहिलो खेलमा राजन मेमोरीयल स्कुलले ओलम्पिया स्कुललाई टाइवे्रकरमा ३÷२ को अन्तरले हरायो । निर्धारित समयमा दुवै तर्फबाट ३÷३ गोल भएको थियो । उक्त खेलमा ओलम्पीयाका नोयल खड्का उत्कृष्ट खेलाडी घोषित भए । त्यसै गरी दास्रो खेलमा सुदेसा स्कुलले जेम्स स्कुललाई २÷१ को अन्तरले पाखा लगायो । सुदेसाको तर्फबाट सुप्रिम खड्का १ गोल र सिजन सिलवाल १ गोल गरे । जेम्सका तर्फबाट आयुस श्रेष्ठले एक गोल र्फकाएका थिए । सो खेलमा जेम्स स्कुलका एलेन वाडगमी उत्कृष्ट खेलाडी घोषित भए । त्यसैगरी तेस्रो खेलमा काष्टमण्डप स्कुलले टि. आई. ए. स्कुललाई ४÷१ को अन्तरले पाखा लगाइ क्वाटर फाइनलमा प्रवेष गरेको छ । काष्टमण्डपको तर्फबाट रोनीत कपाली १, प्रयोग दिवा १, विभव के. सी.ले २ गोल गरेका थिए । टि. आई. ए. को तर्फबाट सुवोध लामीछानेले १ गोल फर्काएका थिए यस खेलमा टि. आई. ए को दिप्सन के. सी. उत्कृष्ट खेलाडी घोषित भए । बुधबार नेक्सस भर्सेस राजन मेमोरीयल, ए. पि. एफ भर्सोस काष्टमण्डप बिच सम्पन्न हुनेछ ।

Comment