विजयलाई उपाधि

चक्रतिर्थ ग्रुप प्रालि, चोभारद्धारा आयोजित एकदिने ब्लिट्ज चेस टुर्नामेन्टको उपाधि काठमाण्डौ चेस क्लबका युवा खेलाडी विजय डंगोलले जितेका छन् । उनले स्वीस लिग ८ राउण्डको खेलमा साढे छ अंक प्राप्त गरेका थिए । उपाधिसँगै उनले नगद ८ हजार हात पारे ।
दि ओल्ड हाउस क्याफेमा संचालित खेलमा समान साढे ६ अंक भएपनि टाईब्रेकमा फिडेमास्टर सुजेन्द्रप्रसाद श्रेष्ठ दोश्रो, फिडेमास्तर मनिष हमाल तेश्रो, थापाथलि चेस पार्कका क्षितिज भण्डारी चौथौं र केशव श्रेष्ठ पाँचौं भए । उनीहरुले क्रमशः नगद ५ हजार, ३ हजार र २ हजार र एक हजार पाँचसय प्राप्त गरे ।त्यस्तै गोल्डेनगेट कलेजका हिमाल लामा, मखनका प्रेमकृष्ण महर्जन, राजन पुरी, थापाथलिका आशिष फुयाल र ललितपुरका सजिन महर्जनक्रमशः उत्कृष्ठ पाँचौंदेखि दशौं भए ।
विजयी तथा सहभागीहरुलाई आयोजक ग्रुपका अध्यक्ष सुवर्ण महर्जनले नगद तथा प्रमाण पत्र प्रदान गरे । प्रतियोगितामा ८० जना खेलाडीहरु सहभागी थिए ।

Comment