चेस टोली बंगलादेशतर्फ

यही फागुन ३ देखि ९ फागुन सम्म बंगलादेशमा हुन गईरहेको अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा सहभागीता जनाउन नेपाली खेलाडीहरु  त्यसतर्फ प्रस्थान गरेका छन्।खेलाडीहरुमा फिडे मास्तर मनिष हमाल र बिलमलाल श्रेष्ठ , क्यान्डिडेट मास्टर रिजेन्द्रराज भन्डारी , अष्ट नारायण लवट, हिमाल लामा र अरुण शंकर बैध्य रहेका छन्।त्यसैगरी अफिसियलमा नेपाल बुद्धिचाल संघका केन्द्रीय सदश्य प्रदिप खत्री रहेका छन्।प्रतियोगितामा नेपाल ,भारत, श्रीलंका, बंगलादेश लगायतका खेलाडीहरुक‍‍ सहभागीता रहनेछ ।

Comment