थापाथलीका सुमीतलाई उपाधि

?
?

कैलाली जिल्ला बुद्धिचाल संघको अायोजनामा कैलालीको धनगढीमा अायोजित खुल्ला बुद्धिचाल प्रतियोगिताको उपाधि थापाथली चेस क्लबका सुमित पन्तले हात पारेका छन्।उनले नवौं चरणको खेलमा झापाका निरज निरौलासंग बराबरी गदै ६.५ अंक सहित उपाधि हात पारे । । साथै  २५ हजार रुपैया पनि पाए। गोदावरी महाकुम्भ मेलाको अवसरमा अाय‍जित प्रतियोगितामा समान  अंक नै प्राप्त गरेका   पूर्ब नेपाल च्याम्पियन बद्रिलाल नेपाली दोस्रो स्थानमा रहे। उनी प्रोग्रेशिभ अंकको अाधारमा सुमितसंग पछि परे । उनले  १५ हजार रुपैया   हात पारे।त्यसैगरी झापाका प्रकाश नेपाल नेपाल तेस्रो स्थानमा रहे।
बिजेता खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य शकुन्तला नगरकोटी, नेपाल बुद्धिचाल संघका अध्यक्ष राजेशहरी जोशी र महासचिव एकालाल श्रेष्ठले र कैलाली जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष दिपक सिंहले पुरस्कृत गरे।

Comment