फूर्वाको सम्मान

phurba samman
ह्याङ्गला सिने मिडीया हाउसले स्कटहोम ओपन कराते प्रतियोगिताका उपविजेता फूर्वा सिंह तामाङ्गलाई सम्मान गरेको छ । तामाङ्गलाई २८५२ टे ल्हो सोनाम ल्होरको अबसरमा आयोजितक कार्यक्रममा सम्मान गरिएको हो ।
फूर्वाले यस अघि मलेसियामा पहिलो स्थान पाएका थिए भने बंगलादेश र भारतमा भएका थुप्रै प्रतियोगितामा सफलता पाइसकेका छन् । हाल आफैले डोजो चलाएका फूर्वा नेपाली करातेको पायनीयर बालाजु कराते डो एकेडेमीमा उत्पादन हुन् ।

Comment