बक्सींग टोली भारत तर्फ

boxing teamme
नेपाली साग बक्सींग टोली काठमाडौबाट भारत तर्फ प्रस्थान गरेको छ । टोलीलाई राखेपका सदस्य गंगा बहादुर थापा र बक्सींग संघका अध्यक्ष राजीव श्रेष्ठले विदाइ गरे । थाइल्यान्डको प्रशिक्षण सकेर काठमाडौ आएपुगेको टोलीमा बिश्व च्याम्पियनसीपको समेत अनुभब भएकी सरस्वती राना मगर र दिनेस श्रेष्ठ प्रमुख खेलाडीको रुपमा रहेका छन् । दिनेसले पुरुष ५६ केजी तथा सरस्वतीले महिला ६० केजीमा प्रतिस्पर्धा गर्ने छन् ।
महिला ५१ किलोमा मिनु गुरुङ्ग तथा ७५ किलो संगीता सुनारले प्रतिस्पर्धा गर्दै छन् । पुरुष ४९ किलोमा तेज बहादुर देउवाले प्रतिस्पर्धा गर्ने छन् । ५२ किलोमा प्रेम चौधरी तथा ६० किलोमा दान बहादुर दर्लामीले सहभागिता जनाउने छन् । ६४ केजीमा दिपक श्रेष्ठ, ६९ मा विकास लामा तथा ७५ किलोमा दिपेस लामाले सहभागिता जनाउने छन् । बक्सींगका सबै खेल १३ देखि १६ फेब्रुअरीमा हुने छ ।
पहिलो साग देखि नै नेपाली खेलकुदका् साख जोगाउदै आएको बक्सींग खेल अहिले पनि नेपालको प्रमुख खेलको रुपमा रहेको छ । बैदेशीक प्रशिक्षणले उत्साहित नेपाली टोलीका लागि पछिल्लो समय बिश्वस्तरीय टोलीको रुपमा स्थापीत भारतको स्तर भने नेपालका लागि चुनौती बन्न सक्ने छ । तथापी बिश्व च्याम्पियनसीपको अनुभब, एसियाली खेलकुदको अनुभब र बैदेशीक प्रशिक्षणले टोली उत्साहित छ । नेपालका सफल प्रशिक्षक प्रचण्ड शर्माको साथ यो टोलीलाई छ ।

Comment