प्रेमलाई काश्य पदक

तस्बिरः पिजे क्लब
तस्बिरः पिजे क्लब

१२ औ सागमा नेपाली आर्चरीले काश्य पदक जितेको छ । यो काश्य पदक सागमा आर्चरीको दोस्रो काश्य पदक हो । यस अघि ढाका सागमा टिम इभेन्टमा नेपालले काश्य पदक जितेको थियो । मंगलबार भएको खेलमा ब्यक्तिगत रिकर्भको तेस्रो स्थानका लागि भएको खेलमा श्रीलंकाका नेपोन सेरोबीरत्नेलाई ६–० ले हराउदै प्रेम प्रसाद पुनले काश्य पदक जितेका हुन् ।

Comment